गायिका स्मीताको ‘रुझेको तीम्रो तन’ सार्वजनिक

डिसी नेपाल
१९ साउन २०७६ १७:५९

काठमाडौं। गायिका स्मीता घिमिरेले ‘रुझेको तीम्रो तन’ बोलको गीत बजारमा ल्याएकी छिन्। आधुनिक जनरामा बनेको यस स्मीतासँगै साजले स्वर दिएका छन्।

स्मीता घिमिरेकै शब्द तथा संगीत रहेको यस गीतको भिडियो ओएसआर डिजिटलको युट्यूवबाट सार्वजनिक गरिएको छ।

गीतको भिडियोमा अहिलेका ब्यस्त मोडल तथा पत्रकार विकाश लामिछाने र अञ्जु चौलागाईंलाई फिचरिङ गरिएको छ।

भिडियोको निर्देशन मोहन अधिकारीले गरेका हुन्। अम्रित सुनुवारले छायांकन गरेको यस भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *