खमेर रूजका पूर्व नेता न्योन चेअको निधन
नोमपेन, कम्बोडिया । खमेर रूजका पूर्व प्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको छ। उनी ९३ बर्षका थिए । डेमोक्रेटिक खाम्पुचेअ अर्थात् खमेर रूजका वरिष्ठ नेता तथा पूर्व प्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको कम्वोडियाली अदालतका एक प्रवक्ताले जानकारी दिएका छन् ।
“बुढ्यौलीका कारण उनमा विभिन्न स्वास्थ्यसम्वन्धी समस्या देखिएपछि उपचारका लागि उनलाई गत जुलाई २ तारिखदेखि खमेर सोभियत फ्रेन्डसिप अस्पतालमा भर्ना गरिएको थियो,” प्रवक्ता नेथ फेअत्राले भने।
कम्वोडियाको अदालतको विशेष कक्षमा कैदी जीवन विताउँदै आएका चेअलाई सन् २००७ मा पक्राउ गरी जातीय संहार, मानवताविरोधी अपराध तथा जेनेभा महासन्धी–१९४९ विरोधी कार्य गरेको आरोप लागेको थियो। रासस
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment