आफैं माथि भरोसा नगर्दासम्म सफलता प्राप्त गर्न सकिँदैन

डिसी नेपाल
२० साउन २०७६ ७:५३

काठमाडौं। कुनै पनि सफलता त्यतिबेला प्राप्त हुन्छ जतिबेला हामी आफैंलाई भरोसा गर्छौं। जबसम्म हामीलाई आफ्नो क्षमता वा शक्तिमाथि विश्वास हुँदैन, तबसम्म हामी आफ्नो लक्ष्यसम्म पुग्न सकिँदैन। धर्मग्रन्धमा पनि यस्ता कयौं प्रसंग छन्। आज हामी श्रीरामरचित मानसको सुन्दरकाण्डको यस्तै प्रसंगको विषयमा जानकारी दिन गइरहेका छौं।

सुन्दरकाण्डका अनुसार सबै बाँदरका अगाडि असंभव जस्तै देखिने एउटा चुनौती थियो। सय योजन लामो समुद्र नाघेर माता सितालाई खोज्न लंका पुग्नुपर्ने थियो।

जब हनुमानजी, अंगद, जामवंतसहित सबे बाँदरले समुद्र कसरी पार गर्ने भन्ने विषयमा सोच्न थाले। तब सबैभन्दा पहिला जामवंतले असमर्थतता जाहेर गरे। जामवंतले आफू वृद्धावस्था भएका कारण यो काम गर्न नसक्ने बताए।

त्यसपछि अंगदले आफू समुद्र पार गरेर जान सक्ने तर फेरि फिर्ता आउने कुरामा सन्देह रहेको सुनाए। अंगदले आफ्नो क्षमता र प्रतिभामाथि नै सन्देश गरे। यो आत्मविश्वासको कमीको संकेत हो। हामीले कहिल्यै पनि आफ्नो क्षमतामाथि शंका गर्नु हुँदैन।

जब जमवंत र अंगलते समुद्र पारि जान नसक्ने कुरा गरेपछि जामवंतले यो कामका लागि हनुमानजीलाई प्रेरित गरे। हनुमानजीलाई उनको शक्तिको स्मरण गराए। हनुमानजीले आफ्नो शरीरको आकार विशाल बनाए। आत्मविश्वासले पूर्ण हनुमानजीले भने–म एकै छलाङमा समुद्र पार गरेर लंका उजाड बनाइदिन्छु। र रावणसहित सबै राक्षसलाई मारेर माता सितालाई लिएर आउँछु।’ आफ्नो शक्तिमाथि हनुमानजीलाई यति धेरै विश्वास थियो।

जामवंतले हनुमानजीलाई शान्त बनाए र भने–तिमीले केवल सिता माताको अवस्था बुझेर आउने हो। त्यसपछि भगवान श्रीराम स्वयं रावणले वध गर्नुहुन्छ।’
हनुमानजी समुद्र पार गर्न निस्किए। बाटोमा सुरसा र सिंहिका नामका राक्षसीले हनुमानको बाटो रोक्न खोजे। तर हनुमानजीको आत्मविश्वास कम भएन।

जब हामी कुनै काम गर्न जाँदैछौं भने हाम्रो मनमा विभिन्न तर्क वितर्कले डेरा जमाउँछ। धेरै अवसरमा आफ्नो सफलतालाई लिएर आवश्वस्त हुँदैनौं। जसै परिस्थिति परिवर्तन हुन्छ, हाम्रो विचार पनि बद्लिन्छ। यस्तो संकेत काममा असफलताको संकेत हो। यदि हामी सफलता चाहन्छौं भने आफैंमाथि भरोसा गर्न सक्नुपर्छ। नत्र लक्ष्यसम्म पुग्न सकिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *