यस्तो गाउँ जहाँ छोरीको मात्रै जन्म हुन्छ, ९वर्ष पहिला जन्मिएका थिए छोरा तर…

डिसी नेपाल
२० साउन २०७६ ८:५२

काठमाडौं। चेक रिपब्लिक र पोल्याण्डको सीमा नजिकै एउटा यस्तो गाउँ छ, जहाँ छोरी मात्रै जन्मिन्छन्। यो गाउँमा विगत नौ वर्षदेखि एक जना पनि छोराको जन्म भएको छैन। मिजेस्के ओद्रजेनस्की नामको यो अनौठो गाउँका मेयरकाअनुसार जसले छोरालाई जन्म दिन्छ त्यसलाई पुरस्कार दिने व्यवस्था गरिएकोछ। यो गाउँमा २०१० मा एक जना छोराले जन्म दिएको थियो, त्यसपछि जन्मिएका सबै बच्चा छोरी मात्रै थिए।

करिव ३०० जनसंख्या रहेको यो गाउँमा छोरा नजन्मिने कारणले अहिले यो गाउँमा संचारभर चर्चित छ। २०१० मा नजिन्मएका छोरालाई लिएर उनका बुवा आमा गाउँ छोडेर अन्तै बस्दै आएका छन्। यो गाउँमा महिलाको तुलनामा पुरुषको संख्या शून्य बराबर छ। यो गाउँमा एक जनामात्र छोरा छन् जसको उमेर १२ वर्षको छ।

यो गाउँमा छोरी मात्रै जन्मिएपछि विशेषज्ञ पनि चकित परेका छन्। एक मिडिया रिपोर्टका अनुसार यहाँ छोरी जन्मिनु सामान्य हो, तर छोरा जन्मिनु दुर्लभ जस्तै भएको छ। यो द्विविधाका विषयमा यहाँका मेयरले भने–जसको घरमा छोराको जन्म हुन्छ, यसलाई पुरस्कार दिइन्छ।’ पोल्याण्डको राजधानी वारसाको एक विश्वविद्यालयले मात्र छोरी जन्मिने रहस्यको अध्ययन सुरु गरेका छन्। उनीहरु अहिले गाउँको पुरानो रेकर्ड हेरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *