करोडौंमा खेल्ने कपिलको पहिलो कमाइ मात्र १५ सय थियो

डिसी नेपाल
२० साउन २०७६ ९:३१

मुम्बई। कपिल शर्माको नाम कमेडियनको रुपमा सबैभन्दा अगाडि आउँछ। आफ्नो कमेडीका मार्फत कपिलले घर घरमा आफ्नो नाम कमाएका छन्। कुनै बेला स्टेज कार्यक्रम र कमेडी शोका प्रतिश्पर्धीका रुपमा कमेडी गर्ने कपिल आज आफ्नै शो चलाउँछन्।

एंकरिङदेखि लिएर फिल्मसम्ममा कपिलले काम गरिसकेका छन्। तर कमैलाई मात्र थाहा होला कुनै बेला कपिल फ्याक्ट्रीमा काम गर्थे। उनले पहिलो कमाइ पनि त्यँहीबाट लिएका थिए।

केही दिन अगाडि कपिलले ‘द कपिल शर्मा शो’ मा ‘खानदानी शफाखाना’ को स्टारकास्ट सोनाक्षी सिन्हा र्यापर बादशाह पाहुनाका रुपमा आएका थिए। यो क्रममा कपिलले सबैसँग पहिलो कमाइका विषयमा सोधेका थिए। यो प्रश्नको जवाफमा सोनाक्षीले आफूले एक फेशन शोमा ब्याकग्राउण्डमा पहिलो पटक काम गरेको बताइन्।

उक्त काम बापत उनलाई तीन हजार रुपैयाँ प्राप्त हुन्थ्यो। उता बादशाहले पनि पहिलो पटक र्याप गर्दा तीन हजार पाएको सुनाए।

कपिलले आफ्नो पहिलो कमाइ १५ सय रुपैयाँ कमाएको बताए। कपिलले कमेडी गर्नु भन्दा पहिला कुनै फ्याक्ट्रीमा काम गरेको र त्यस बापत महिनामा १५ सय प्राप्त गरेको बताए। अर्चनाले कुन फ्याक्ट्रीमा काम गरेको भनेर सोध्दा कपिलले छापा खानामा काम गरेको बताए। जहाँ कपडामा छपाइ गरिन्थ्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *