आधारातमा ट्याक्सी ड्राइभरले महिलालाई भने – ‘ओर्ल नत्र कपडा च्यातिदिन्छु’

डिसी नेपाल
२० साउन २०७६ ११:५०

बैंगलुरु। बैंगलुरुमा एक महिलाले एक ट्याक्सी ड्राइभरमाथि आफूलाई आधा रातमा दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । महिलाका अनुसार दुर्व्यवहार गरेपछि ती ड्राइभरले महिलालाई ट्यक्सीबाट ओर्लनू नत्र कपडा च्यातिदिन्छु भनेर धम्क्याएका थिए । यस क्रममा महिला निकै डराइन् । पीडित महिलाले ट्वीटरमार्फत उबरलाई गुनासो सुनाएकी छिन् ।

उनले उबरको सेफ्टी सिस्टम खराब भएको बताइन् किनकि सेफ्टी बटन थिचेपछि पीडितको सट्टा ड्राइभरलाई फोन गरिन्छ । महिलाले शनिबार राती भएको घटनालाई जीवनको बैभन्दा डरलाग्दो घटना भएको बताइन् । महिलाका अनुसार पहिले ड्राइभरले उनलाई एक शिक्षित महिलाजस्तै साँझ ७ बजेसम्म काम सकेर घर जानुपर्ने र साथीहरुसँग बसेर रक्सी पिउन नहुने सल्लाह दिए ।

महिलाले ड्राइभरसँग भनिन् कि उनले रक्सी पिएकी छैनन् । उनले ड्राइभरलाई आफ्नो कामसँग मतलब राख्न भनिन् । तर त्यसपछि ड्राइभरले उनलाई स्लट भन्दै भद्दा गाली गरे । त्यसपछि ड्राइभरले अचानक कारको गति घटाए । यतिबेला महिला निकै डराइन् । त्यसपछि महिलाले सेफ्टी बटन थिचिन् । उबरले ड्राइभरलाई फोन गर्यो र यही क्रममा महिलासँग पनि कुरा गरियो । उबरको कटमर केयरबाट महिलालाई कारबाट ओर्लन भनियो । तर, त्यसपछि उनको लागि अर्को ट्याक्सी पठाइएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *