नारायणकाजीको टिप्पणीः सरकारमा छौं भनेर घमण्ड नगरौं

डिसी नेपाल
२० साउन २०७६ १८:५६

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गरेका छन्।
पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, ‘समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध होऔं,एकले अर्कोलाई खुट्टा नतानौं ।’

दरिद्र चिन्तन राख्नेलाई जनताले पाखा लगाउने प्रवक्ता श्रेष्ठको भनाई छ । नेकपा सरकारमा छ, सरकारमा छौं भनेर कसैलाई भेदभाव गर्न नचाहेको बताउँदै सबैसँग एकता गरेर अगाडि बढ्न चाहेको उनले बताए । समृद्धिको पक्षमा साथ नदिनेलाई छाडेर अगाडि बढ्ने उनको भनाई थियो ।

विद्यालयको भवन निर्माणमा संलग्न सबै पक्षलाई धन्यवाद दिँदै आधुनिक भवनले मात्रै ग्रामिण क्षेत्रमा शिक्षाको विकास नहुने उनले बताए ।

गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको उनको भनाई छ । गुणस्तर शहरमा मात्र होइन प्रत्येक गाउँ गाउँमा हुनुपर्ने श्रेष्ठले बताए ।

पूर्वाधार विना राष्ट्रको विकास र समृद्धि सम्भव नभएको दावी गर्दै पुर्वाधारको पनि पुर्वाधार शिक्षा प्रणाली भएको उनको भनाई छ । समाजवादी शिक्षा प्रणालीको बारेमा हरेक अभिभावक, गाउँ, टोल, समुदाय, शिक्षण संस्था, स्थानीय तह, प्रदेश, संघीय सरकारमा छलफल गरी गुणस्तरीय र निशुल्क शिक्षा प्रदान गरी समृद्ध नेपाल निर्माण गर्नुपर्ने उनले बताए ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा नीति लगानी पारदर्शी र सेवा मुखि हुनेपर्ने श्रेष्ठको भनाई छ । नाफा गर्छु भन्ने उदेश्य लिएर शिक्षा स्वास्थ्य संस्था नखोल्न र बरु अन्य व्यापार, व्यवसाय गर्न उनको सुझाव छ । सार्वजनिक महत्वकायि विषयहरु राज्यको दायित्व भित्र पर्ने उनले बताए ।

सार्वजनिक शिक्षण संस्थामा गुणस्तरी शिक्षा प्रदान गर्ने कुरा राख्ने तर बालविकासमा शिक्षण गर्ने शिक्षकलाई शिक्षकको व्यवहार नगर्ने, बाँच्ने आधारका लागि सामान्य तलबसुविधा पनि नदिने, विद्यालय खोल्ने अनुमति दिने तर दरबन्दी कहिल्यै नदिने जस्ता गतिविधि प्रति नेकपाको गम्भीर ध्यानाकर्षण भएको र यस समस्या तुरुन्त समाधान गर्न सम्बन्धित निकायले ढिला गर्न नहुने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *