पुटिनद्वारा अमेरिकासँग आणविक वार्ताको प्रस्ताव

डिसी नेपाल
२० साउन २०७६ २२:५६

मस्को (रासस/एएफपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन् ।

शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालिन सोभियत सङ्घबीच मध्यम दुरीका आणविक शक्ति सम्झौताबाट अमेरिका र रूस फिर्ता भएसँगै सम्झौता अन्त्य भएको परिप्रेक्षमा पुटिनको उक्त प्रस्ताव आएको हो ।

“नियम, सीमा र कानून बिहीन अवस्थाको अस्तव्यस्तताबाट जोगिनका लागि सम्भावित सवै परिणामलाई तौलिँदै निःसन्देह गम्भीर बन्नु र वार्ता शुरू गर्नुपर्ने आवश्यकता छ,” पुटिनले एक विज्ञप्तिमार्फत अमेरिकासँग आग्रह गरेका छन्।

विज्ञप्तिमा थप भनिएको छ, “हामी (रूस) यसका लागी तयार छौँ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *