‘जम्मु काश्मिर स्वायत्त हुँदा भ्रष्टाचार बढ्यो, विकास रोकियो’

डिसी नेपाल
२१ साउन २०७६ ६:०५

नयाँ दिल्ली । भारतका गृह मन्त्री अमित शाहले संविधानको धारा ३७० मार्फत् जम्मु काश्मिरलाई स्वायत्तता दिँदा त्यस राज्यमा भ्रष्टाचार बढेको दावी गरेका छन् ।

स्वायत्तताकै कारणले जम्मु काश्मीर आर्थिक रुपमा पिछाडिएको र विकासमा पछाडि परेको उनले सोमबार बताएका हुन्। उनले विगतमा जम्मु काश्मिरमा राजनीतिक विकृित फैलिएको उल्लेख गर्दै धारा ३७० का कारण जम्मु काश्मीर वा लद्दाखमा कुनै फाईदा भएको कसैले भन्न नसक्ने टिप्पणी पनि गरे ।

उनले भने, “यो धाराका कारणले बरु बेफाइदा धेरै भएको छ ।” गृहमन्त्री शाहले थपे, “यही धाराका कारणले त्यो क्षेत्र पछाडी परेको, पिडामा परेको, आतङ्कवादको शिकार भएको, महिला विरोधी, दलित विरोधी र विकास विरोधी भएको थियो ।”

उनले स्वायत्तता दिएकै कारणले जम्मु काश्मिर क्षेत्रमा गरिबी बढिरहेको र केही व्यक्तिहरूले मात्रै फाइदा लिएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *