जेलबाट भाग्न भेट्न आएकी छोरीको रुप बनाए तर एउटा कुरामा झुक्किएपछि…

डिसी नेपाल
२१ साउन २०७६ १०:२७

रियो द जेनेरियो। ब्राजिलको रियो द जेनेरियोमा एक गुण्डानाइकेले जेलबाट भाग्नको लागि आफ्नी छोरीको रुप धारण गरे । तर, एउटा चुकका कारण उनी भाग्न सकेनन् र पुनः पक्राउ परे । ४१ वर्षका क्लोभिनो डा सिल्भा अहिले रियोको जेलमा बन्द छन् ।

सिल्भाकी १९ वर्षकी छोरी उनलाई भेट्न जेलमा आएकी थिइन् । यही दौरान ल्भिाले सिलिकनको गर्ल मास्क लगाए । कपालमा विग पनि लगाए । उनी जेलमा छोरीलाई छोडेर फरार हुनेवाला थिए तर पक्राउ परे । जेलका सेक्रेटरीका अनुसार सिल्भाले टिशर्ट लगाए लामो कपाल बनाए, टाइट जिन्स र सेतो स्याण्डल लगाए । कोट र चश्मा पनि लगाए । सिल्भा पूर्णरुपमा युवतीजस्तै देखिएका थिए । जेलबाट बाहिर निस्किएपछि उनी सबैतिरबाट युवती देखिन्थे तर पुरुषजस्तै हिँडिरहेका थिए । चालबाट पोल खुलेपछि उनलाई पुनः समातियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *