लिफ्टमा फाँसीमा झुण्डिए ५ वर्षका भाइ, ८ वर्षकी दिदीले तत्कालै सही निर्णय गरेर बचाइन् (भिडियो)

डिसी नेपाल
२१ साउन २०७६ १०:४८

इस्तानबुल। टर्कीको बासाकोडर जिल्लामा ८ वर्षकी दिदीले ५ वर्षका भाइलाई लिफ्टमा फाँसीमा झुण्डिएर ज्यान गुमाउनबाट बचाएकी छिन् । मानिसहरु उनले तत्कालै गरेको सही निर्णयको तारिफ गरिरहेका छन् । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

खासमा एक भवनमा ३ बालबालिका खेल्दै थिए । तीनैजना माथिल्लो तलामा जानको लागि लिफ्टभित्र पसे । सबैभन्दा पहिले ५ वर्षका बालक आफूसँग डोरी लिएर पस्छन् । त्यो डोरी उनको घाँटीमा फसिरहेको हुन्छ । डोरीको अर्को छेउको आधा भाग लिफ्बाहिरै रहन्छ । त्यसपछि उनकी दिदी र अर्का बालक लिफ्टभित्र आउँछन् । लिफ्ट बन्द हुन्छ, उनीहरुले माथिल्लो तलामा जानको लागि बटन दबाउँछन् ।

लिफ्ट माथि जान थाल्छ तर बालकको घाँटीमा भएको डोरीको आधा भाग लिफ्टबाहिरै रहेकोले उनको घाँटीमा डोरी कसिन थाल्छ । लिफ्ट माथितिर बढ्न थाल्छ । त्यहीबेला दिदीले तत्कालै सही निर्णय गर्छिन् र खुट्टाको सहारा दिएर भाइको घाँटीबाट डोरी निकालिदिन्छिन् । यो पूरै घटना लिफ्टभित्र रहेको सीसीटिभीमा रेकर्ड भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *