जनतासँग गरेको बाचा पूरा गर्न नसकेपछि मेयरले आफैंलाई दिए विचित्र सजाय

डिसी नेपाल
२१ साउन २०७६ ११:०२

मेक्सिको सिटी। मेक्सिकोका एक मेयरले चुनावका बेला जनतासँग गरेको बाचा पूरा गर्न नसकेपछि आफैंले आफैंलाई सजाय दिएका छन् । मेयरले आफैंलाई दिइएको सजायस्वरुप महिलाका कपडा लगाए र शहरभरी घुमे । मेयरको नाम जेभियर जिमेनेज हो । जिमेनेज चियापासको सान एन्ड्रोस प्युर्टो रिकोका मेयर हुन् ।

उनको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा उनले लामो स्कर्ट र सेतो ब्लाउज लगाएर डकमा घुमिरहेका देखिएका छन् । उनीसँग एक अधिकारी पनि देखिएका छन् । ती अधिकारीले पनि महिलाको कपडा लगाएका छन् । मेयरमाथि शहरबासीले सरकारी खजानाबाट ३ मिलियन पेसो (१ करोड ७० लाख नेपाली रुपैयाँ) आफ्नो समाजका मानिसहरुलाई बाँडेको आरोप लगाएका छन् । यो पैसाको खर्च शहरको विकास कार्यमा हुनुपर्ने थियो । यतिमात्र होइन उनले चुनावको बेला गरेका बाचा समेत पूरा नगरेको आरोप छ । शहरबासीले मेयरको विरोधमा शहरमा उनीविरुद्ध पोस्टर टाँसिदिएपछि मेयरले यस्तो कदम पठाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *