बोलिभियामा चिकित्सकहरु चढेको बस दुर्घटना, १४ जनाको मृत्यु

डिसी नेपाल
२१ साउन २०७६ ११:५१

लापाज । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा आइतबार मध्यरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एउटा यात्रुबाहक बस सडकबाट करिब २०० मिटर गहिरो खोंचमा झरेको थियो।

बोलिभियाको राजधानी लापाजबाट उत्तरतर्फ करिब २५१ किलोमिटर टाढाको चाराजानी नगरको छेउमा उक्त बस दुर्घटनाग्रस्त भएको थियो। यो बोलिभियाको दोस्रो ठूलो शहर हो। स्थानीय सञ्चार माध्यमका अनुसार मृत्यु भएकामध्ये ११ जना महिना र तीन जना पुरुष रहेका छन्।

उक्त बस लापाजबाट अपोलो शहरतर्फ गइरहेको थियो। अपोलो क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्न स्वयंसेवी चिकित्सक र नर्सको टोली उक्त बसमा रहेको बताइएको छ। प्रहरीले बस दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ। रासस सिन्हवा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *