कश्मिर गएका मोदीका सुरक्षा सल्लाहकारले पठाएको स्थलगत रिपोर्टमा के छ ?

डिसी नेपाल
२१ साउन २०७६ ११:५३

नयाँ दिल्ली। भारतको केन्द्र रकारले जम्मु कश्मिरमा लागू भएको धारा ३७० खारेज गर्दै यसलाई केन्द्र शासित प्रदेश बनाउने घोषणा गरेपछि यहाँ सुरक्षा बढाइएको छ । यहाँको स्थलगत स्थितिको बारेमा बुझ्न राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल कश्मिर गएका छन् । डोभाल केन्द्रको फैसला सही तरिकाले लागू हुँदासम्म त्यहीँ रहनेछन् ।

डोभालले त्यहाँको वस्तुस्थितिबारे रिपोर्ट प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका छन् । रिपोर्टमा उल्लेख भएअनुसार गृहमन्त्री अमित शाहले समय आएपछि केन्द्र शासित प्रदेशलाई पूर्ण राज्य बनाउने भनी राज्यभामा दिएको बयानको स्थानीयले स्वागत गरेका छन् । जम्मु कश्मिरमा अहिले पनि पूर्ण रुपमा शान्ति छ र मानिसहरु दैनिक काम पहिलेजस्तै गरिरहेका छन् ।

स्थानीयका अनुसार केन्द्र सरकारले आफ्नो फैसला सही तरिकाले लागू गरेको छ । कश्मिरमा यस्तो माहोल छ कि यो मुद्दालाई लिएर स्थानीय नेताहरुले एक अलग माहोल बनाए र स्थानीय नागरिकलाई तर्साएर राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *