तमिल फिल्मको रिमेकमा आमिर भिलेन सैफ हिरो
काठमाडौं। ‘लाल सिंह चड्ढा’ सिनेमापछि आमिर खान तमिल सिनेमा ‘विक्रम वेधा’को हिन्दी रिमेकमा खलनायक बन्ने भएका छन्। सिनेमामा सैफ अलि खान प्रहरी अधिकारीको भूमिकामा देखिनेछन्।
‘लाल सिंह चढ्डा’को सुटिङ सकिए लगत्तै आमिर यस सिनेमामा व्यस्त हुने बताइएको छ। ‘विक्रम वेधा’ आर माधवन तथा विजय सेतुपत्ती अभिनित ब्लकबस्टर तमिल सिनेमा हो। सिनेमा सन् २०१७ मा रिलिज भएको थियो। तमिल फिल्ममा विजय सेतुपत्तीले गरेको वेधाको भूमिका आमिरले गर्नेछन् भने आर माधवनले गरेको बिक्रमको भूमिका सैफले गर्नेछन् ।
सिनेमालाई निरज पाण्डेले निर्माण गर्नेछन्। सिनेमाको तमिल संस्करणलाई गायत्री पुष्करले निर्देशन गरेका थिए। हिन्दी संस्करणको पनि उनले नै निर्देशन गर्ने सम्भावना रहेको छ। आमिर यसअघि ‘धुम ३’मा पनि भिलेन बनेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment