महाकालीमा पानीको बहाव बढ्यो, भारतद्वारा बनबासा पुलमा चारपाङग्रे सवारी प्रतिबन्ध
महाकाली नदी
भीमदत्तनगर । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ। वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।
आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ। पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइकाले यात्रुहरु अलपत्र परेका छन्।
पहाडी जिल्लामा वर्षा नरोकिए अझै नदीमा पानीको बहाव बढ्न सक्ने प्रहरीको भनाइ छ। त्यसैगरी लगातारको वर्षाका कारण भीमदत्तनगरपालिका–२, ४, ६ र १८ का केही घर डुबानमा परेको छ।
बजार क्षेत्रमा पानीको निकास नहुँदा खहरे खोलाको पानी बस्तीमा पस्दा सब्जीमण्डी पुरै जलमग्न भएको स्थानीय व्यापारीको भनाइ थियो। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment