श्रीमतीको पारो चढेपछि…

डिसी नेपाल
२१ साउन २०७६ १२:४२

एजेन्सी। चीनको गुईझोउमा गुडिरहेको कारभित्र बसेका श्रीमान श्रीमतीको झगडा भयो । श्रीमानले श्रीमतीलाई कार रोक्न भने । त्यसपछि श्रीमतीले गाडी रोकिन् । श्रीमानलाई कारबाट बाहिर निकालिन् । तर गाडीको इन्जिन बन्द गरिनन् । श्रीमान कारको इन्जिन बन्द गराउनको लागि बोनटमा बसे । त्यसबाट रिसाएकी श्रीमतीले कार अगाडि बढाइन् ।

श्रीमतीले एक्कासी कार दौडाएपछि श्रीमान कारको बोनटमै झुण्डिए । यति हुँदा पनि श्रीमतीले कार रोकिनन् । श्रीमानलाई त्यतिकै झुण्ड्याएर उनले ५ किलोमिटरसम्म कार दौडाइन् । यो घटनाको भिडियो सिसिटिभीका साथै अगाडिबाट आइरहेका अन्य कारको ड्याशबोर्डमा जडित क्यामेरामा रेकर्ड भयो । महिलासँग उनीहरुका ३ सन्तान पनि कारमा थिए । थानीय पुलिसले घटनाको भिडियो सामाजिक संजालमा शेयर गरेको छ । पुलिसका अनुसार घटनामा श्रीमानलाई चोट भने लागेको छैन । महिलाविरुद्ध मुद्दा दर्ता गरिएको र विवादबारे जाँच भइरहेको पुलिसले जनाउको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *