एनआरएनए कोरियाको उपाध्यक्षमा संजिव राईको उम्मेदवारी घोषणा

डिसी नेपाल
२१ साउन २०७६ १३:०७

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनए को नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन्।

त्यसै सिलसिलामा एनआरएनए कोरियाले पनि आफ्नो अधिवेशन आगामी सेप्टेम्बर २१ र २२ तारिखमा गर्ने भएको छ ।

चुनावी सरगर्मी बढेसँगै एनसीसी कोरियाको विभिन्न पदका लागि आकाङ्क्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्।

यसै क्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कोरियाको आगामी कार्यकाल २०१९–०२१ को  लागि उपाध्यक्षमा संजिव राईलेले उम्मेदवारी घोषणा गरेका छन् । हाल उनी एनआरएनए कोरिया किम्हे क्षेत्रीय समितिको सल्हकारको जिम्मेवारीमा छन् ।

न्यु भिजन गूरुप दक्षिण कोरियाको अध्यक्षसमेत रहेका राई उदयपुर सेवा समाज लगायतका नेपाली सामाजिक सङ्घसंस्थामा पनि क्रियाशील छन् । उनी विगत ७ वर्षदेखि दक्षिण कोरियामा कार्यरत छन् ।

आइतबार किम्हे बुसानमा भएको भेलाले आफूलाई ख्याङ्सन किम्हे बुसान मासान र मिर्याङ उल्सान लगायतका दक्षिण कोरियाली भेगको साझा प्रतिनिधिको रुपमा सर्वसम्मतले उपाध्यक्षमा पठाउने निर्णय गरेको राईले बताए ।

उनले वैदेशिक रोजगारीका लागि कोरिया पुगेका नेपालीको हकहितका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । ‘वैदेशिक रोजगारीका लागि कोरिया आएका नेपाली कामदारलाई आइपर्ने सम्भावित समस्यालाई निराकरण गर्न प्रयत्न गर्नेछु,’ उनले भने ।

‘मलाई यो क्षेत्रका साथीभाइले सर्वसम्मत रूपमा पठाउनु भएको छ । हामी सउल क्षेत्रका सबै मिलेर काम गर्दै आएका छौँ ।  आगामी दिनमा पनि मिलेर काम गर्नेछौँ । मैले दक्षिण कोरियामा रहेका नेपालीहरूको हकहितको लागि काम गरेर मजदुरमैत्री एनआरएनए बनाउनेछु । ’

राईले आगामी कार्यकालको लागि अगाडि सारेका एजेन्डाहरुमा कोरियाबाट प्राप्त ज्ञान, सीप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, कोरियन पर्यटक नेपाल पठाउने, नेपाली कला संस्कृतिलाई प्रवासमा जर्गेना गर्ने जस्ता विषय पनि प्राथामिकतामा छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *