एनआरएनए कतारको कोषाध्यक्षमा बिनोद बसौलाको उम्मेदवारी

डिसी नेपाल
२१ साउन २०७६ १३:५९

दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्  एनआरएनए कतारको कोषाध्यक्षमा बिनोद प्रसाद बसौलाले उम्मेदवारी दिएका छन । उनले गत शुक्रबार दोहामा निर्वाचन समिति संयोजक बिनेश तामाङसमक्ष आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

एनआरएनए कतारको आठौँ राष्ट्रिय महाधिवेशन आउँदो ३० अगष्ट र कार्यसमिति चयनका लागि निर्वाचन २३ अगष्टमा हुँदैछ । बसौला एनआरएनए कतारको वर्तमान कार्यकाल २०१७–१९० मा सचिवालय सदस्य तथा आर्थिक समितिको जिम्मेवारीमा छन् । उनी लमजुङ निवासी हुन् ।

एनआरएनए कतारको कोष पारदर्शी राख्दै यसलाई वैज्ञानिक तथा प्रभावकारी ढङ्गले चलाउने ज्ञान, सीप, अनुभव र योग्यता आफूसँग भएकाले तथा संस्थालाई आर्थिक समृद्धितिर अगाडि बढाउन तयार रहेर आफूलाई कोषाध्यक्ष पदको उम्मेदवारका रुपमा अगाडि सारेको उनले बताएका छन् ।

‘मेरो ऊर्जालाई अझ बढी प्रभावकारी रुपमा समाजको हितमा यसै साझा संस्था मार्फत समर्पित गर्ने सोचका साथ अघि बढेको छु । मेरो शैक्षिक र पेशागत पृष्ठभूमिले पनि मलाई सहयोग गर्ने भएकोले पनि त्यो जिम्मेवारी सफलताका साथ निर्वाह गर्न आत्मविश्वास बढेको छ ।’–उनले भने ।

बसौलाले वैदेशिक रोजगारको लागि कतारमा रहेका नेपालीहरूका समस्यामाथि बढी केद्रित र उनीहरूको सहभागिता बढाउने तर्फ सहज गर्न पहल गर्ने , नेपालमा वैदेशिक लगानी भित्र्याउन आफ्नो प्रयास रहने  पनि बताए ।

श्रमिकहरूको हितको लागि काम गर्न संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागिता मुलक आर्थिक योगदानको नीति अवलम्बन गरेर एनसीसीको कोष र श्रमिक कल्याणकारी कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, कोषको पारदर्शिता र मितव्ययी परिचालनमा आफू केन्द्रित रहने प्रतिवद्धतासमेत उनले गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर  गरेका बसौला विगत ५ वर्षदेखि कतारमा लेखा, वित्त तथा प्रशासनिक अधिकृतको रुपमा काम गर्दे आएका छन् । नेपालमा रहँदा बैँक तथा वित्तिय संस्थामा विभिन्न जिम्मेवार पदमा काम गरेको अनुभव पनि आफूसँग रहेको उनले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *