श्रीमानलाई निद्राको औषधी खुवाएर प्रेमीसँग गर्थिन् यस्तो हर्कत, एक दिन पार गरिन् सबै हद

डिसी नेपाल
२१ साउन २०७६ १५:०२

काठमाडौं। एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै हत्या गरेकी छिन् । यो हत्याको रहस्य पुलिसले सुल्झाएको छ । हत्या गर्ने पत्नी सिमर कौरलाई पक्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फरार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो । हत्या गरेपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई पक्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् ।

मृतककी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरिरहन्थे । आमाले साँझ खानामा निद्राको औषधी दिएर पितालाई सुताउँथिन् त्यपछि प्रेमीसँग फोनमा भिडियो कल गर्थिन् । पुलिस चौकी प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रातमा पतिलाई निद्राको औषधी खुवाएर निदाएको अवस्थामा घाँटी थिचेर मारेकी थिइन् । यसको योजना उनले पहिल्यैदेखि बनाएकी थिइन् । उनका प्रेमी लभप्रितको खोजी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *