मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि…..

डिसी नेपाल
२१ साउन २०७६ १६:२१

धादिङ । सुन जस्तो पँहेलो धातुसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको वेनिघाट रोराङ गाउँपालिका ९ मझिमटार स्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा २४ तोला अबैध सुन जस्तो देखिने पँहेलो धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुर स्थायी घर भएका ३५ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यविन्दु नगरपालिका ६ वस्ने गोकुलमान श्रेष्ठ रहेका छन्।

उनीहरुलाई काठमाडौंबाट चितवन जाँदै गरेको ना ५८ प ६५५३ नं को मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अवैध सुन जस्तो देखिने पँहेलो धातु, मोवाईल समेत फेला परेकोले सो सामान बरामद गरी मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए।

पक्राउ परेका २ जनालाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुरमा पठाईएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *