भारतको दादागिरी, सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै

डिसी नेपाल
२१ साउन २०७६ १६:१८

नेपालगञ्ज। भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन्।

जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो।

झण्डै डेढ वर्षदेखि रोकिएको सडक निर्माणको कामलाई भारतले पुनः शुरु गरेको छ। सडकजस्तो बाँधलाई हिरमिनिया पश्चिममा समेत विस्तार गर्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिकासमेत डुबानमा पर्ने सम्भावना बढेको छ।

सडकजस्तो बाँधको निर्माण रोक्न स्थानीय प्रशासनदेखि मुख्यमन्त्री हुँदै केन्द्रसम्म पहल गरिएको लक्ष्मणपुर बाँध सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए।

यसअघि भारतले सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेपछि तटीय क्षेत्रका बासिन्दा कटान र डुबानमा पर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *