रक्सीले मातेका बाबुले जब १२ वर्षीया छोरीको बलात्कार गरे

डिसी नेपाल
२१ साउन २०७६ १९:५४
4
Shares

विदुर। प्रहरीले नुवाकोटको विदुर नगरपालिकामा १२ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ। १२ वर्षीया छोरीलाई शुक्रबार राति ३७ वर्षीय बाबुले बलात्कार गरेको आरोपमा हाडनाता करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मदिराले मातेका आरोपितले यही साउन १७ गते बिहानको २ः०० बजे बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले यही साउन १९ गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *