भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

डिसी नेपाल
२२ साउन २०७६ ०:४४

काठमाडौं। भारतीय भूतपूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुष्मा स्वराजको निधन भएको छ।

उनको मंगलबार राति उपचारका क्रममा दिल्लीस्थित एम्स् अस्पताल निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

६७ वर्षीया स्वराजको हृदयाघातबाट निधन भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन्।

उनी २५ वर्षको उमेरदेखि नै राजनीतिमा प्रवेश गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *