सहकारीमा ठगी गर्ने फरार अभियुक्त पक्राउ
काठमाडौं । सहकारी ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठेगाना भएकी ३२ वर्षीया प्रतिमा सिटौलालाई सोमबार नुवाकोटको विदुरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ।
सिटौला समेत भएको ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत्र ७ गतेको फैसलाले १ महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना हुने ठहर भएकी सिटौला उक्त सजाय वेरुजु रही फरार रहेकी थिइन्।
काठमाडौं टोखा नगरपालिका-९ स्थित नाङ्गलो दिप सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी संचालक सदस्य सिटौला समेतका पदाधिकारीहरुले २०७०/७१ सालमा २ सय २ जना निक्षेपकर्ताहरुलाई आकर्षक सेवा, सुविधा र उपहार दिन्छौ भन्दै बिभिन्न प्रलोभनमा पारी जम्मा हुन आएको १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ आफूखुसी खाईमासी ठगी गरेको कसूरमा अदालतले प्रतिवादी प्रतिमा सिटौलालाई उल्लेखित सजाय गरेको थियो।
सिटौलालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त ब्यूरोले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment