दुई खुट्टामात्र भएको स्वस्थ्य स्याल देखेपछि किसानले सोचे–भगवान सबैको हेरचाह गर्छन्

डिसी नेपाल
२२ साउन २०७६ ७:५१

काठमाडौं। प्रचलित लोक कथाका अनुसार प्राचीन समयमा एक जना किसान जंगलमा दाउरा लिन गए। जंगलमा किसाले एउटा स्याललाई देखे, जसको दुईवटा खुट्टा थिएनन्। तै पनि त्यो स्याल स्वस्थ्य देखिन्थ्यो। किसानको मनमा दुई खुट्टामात्र भएको स्याल कसरी जिउँदै छ, यसले कसरी शिकार गर्छ? भन्ने सोच आयो।

केही समयपछि त्यहाँ एउटा सिंह आयो। सिंहले आफ्नो मुखले शिकारलाई समातेर आइरहेको थियो। सिंह स्याल भएको ठाउँमा आयो र आफूले ल्याएको शिकारको थोरै मासु स्याललाई छोडिदियो।

किसान यो सबै दृष्य हेरिरहेका थिए, उनले सोचे की भगवानको लीला अपरम्पार छ। भगवानलाई सबै प्राणीको चिन्ता छ, र सबैलाई खानेको व्यवस्था गरेका छन्। यस्तै सोचेर किसान त्यही ठाउँमा बसे।

र, आफूलाई पनि कसैले खाना लिएर आउँछन् भनेर कुर्न थाले। किसान त्यहाँ बसेको धेरै समय भयो, तर कसैले पनि खाना लिएर आएनन्। भोकका कारण किसानको प्राण संकटमा पर्न थाल्यो।

केही समयपछि त्यही जंगलको बाटो हुँदै एक जना सन्त कतै जाँदै थिए। सन्तले किसानलाई भोजन गराए अनि सबै कुरा सोधे। किसानले सिंह र स्यालको पूरै प्रसंगा सन्तलाई सुनाए। किसानले सन्तसँग भने–भगवान एउटा स्यालप्रति दया देखाइरहेका छन् तर मेरा लागि भगवान यति निर्दयी किन भए?’

सन्तले किसानसँग भने– तिमी अज्ञानी रहेछौ। तिमीले भगवानको संकेत बुझेनौ। त्यही कारण तिमी दुखी भइरहेका छौ। भगवान तिमीलाई सिंहले जस्तो सहयोग गर्ने बनाउन चाहन्छन्, स्याल जस्तो सहयोग लिने होइन। तिमी अरुलाई सहयोग गर्ने बन्नुपर्छ, सहयोग लिने होइन।’

भगवानले सबैलाई असीमित शक्ति दिएका छन्। तर केही मानिस मात्र त्यो शक्तिलाई बुझ्न सक्छन्। मानिसले धेरै कुरा गर्न सक्छ। तर उ सजिलो बाटो खोज्छ र, अन्यमाथ आश्रित हुन्छ। हामीले अरुबाट सहयोग लिने अपेक्षा गर्नु हुन्न। निर्णय हामीले नै गर्ने हो सिंह बन्ने की स्याल?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *