भारतलाई ‘जवाफ दिनका लागि’ इमरान खानले बनाए टीम

डिसी नेपाल
२२ साउन २०७६ ८:२२

बीबीसी। भारत प्रशासित कश्मिरमा जारी घटनाक्रमको कानुनी, राजनीतिक र कुटनीतिक जवाफ दिन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सात सदस्यीय समिति बनाएका छन्।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयका तर्फबाट जारी आदेशमा उक्त समितिमा पाकिस्तानका विदेशमन्त्री, महान्यायाधीवक्ता, विदेश सचिव, आईएसआई, मिलिट्री अपरेशंस र आईएसपीआरका डाइरेक्टर जनरल र प्रधानमन्त्रका विदेशदूत अहमद बिलाल सुफी रहेका छन्।

यअसघि जम्मू–कश्मिरलाई दिइँदै आइएको विशेष मान्यता खारेज गरेपछि पाकिस्तानी संसदको संयुक्त सत्र बोलाइएको थियो, जहाँ प्रधानमन्त्री इमरान खानले आफ्नो भनाइ राखेका थिए।

संसदलाई सम्वोधन गर्दै प्रधानमन्त्री खानले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी जातीय श्रेष्ठताको विचारधारलाई लिएर अगाडि बढिरहेको, जर्मनीमा नाजी पार्टीले गरेजस्तै काम गरिरहेको बताएका थिए।

उनले बिजेपी र आरएसएस भारतका हिन्दुलाई मुसलमान भन्दा राम्रो ठान्ने र मुसलमानमाथि हाबी हुन खोजेको बताएका थिए।उनले कश्मिरको जातीय सफाया गर्ने र त्यहाँको जनसंख्याको चरित्र परिवर्तन गर्ने तयारी भइरहेको समेत बताए। यद्यपी अहिलेसम्म भारतका तर्फबाट इमरान खानको टिप्पणीमाथि कुनै प्रतिक्रिया आएको छैन।




प्रतिक्रिया

One thought on “भारतलाई ‘जवाफ दिनका लागि’ इमरान खानले बनाए टीम

Leave a Reply

Your email address will not be published. Required fields are marked *