पहिरोले लघुजलविद्युत् आयोजना बन्द

डिसी नेपाल
२२ साउन २०७६ ९:२७

बेझाड । सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ।अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले एक महीनादेखि यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन्।

विद्युत् आपूर्ति बन्द भएपछि जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय समस्यामा परेको सुतीखोला लघुजलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीले बताए। “३०० स्थानीयवासीको श्रमदानबाट कुलो मर्मत गरिए पनि आयोजना सञ्चालन गर्न सकिएको छैन, कुलोमा पर्खाल लगाउन र सफा गर्न समस्या भइरहेको छ”, उनले भने ।

अबको एक हप्तामा कुलो मर्मतकार्य सम्पन्न गरेर विद्युत् आपूर्ति सञ्चालन गर्ने योजना रहेको छ। विसं २०६४ मा सञ्चालनमा आएको यस आयोजनाबाट केन्द्रीय विद्युत् प्रसारण लाइन गाउँमा नपुगे पनि यहाँका स्थानीयवासीलाई विद्युत् आपूर्तिमा ठूलो सहयोग मिलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *