जेलबाट भाग्न छोरीको रुप धारण गरेका गुण्डानाइकेको मृत्यु
रियो द जेनेरियो। ब्राजिलको रियो द जेनेरियोमा जेलबाट भाग्नको लागि आफ्नी छोरीको रुप धारण गर्ने गुण्डानाइकेको मृत्यु भएको छ। ४२ वर्षे क्लाउभिनो दा सिल्भालाई मंगलबार बिहान जेल भित्र मृत अवस्थामा भेटिएको द गार्जियनले जनाएको छ।
उनले आफैंले जीवन अन्त्य गरेको हुनसक्ने आशंका गरिएको छ । ब्राजिलको रेड कमान्ड ड्रग फ्याक्सनका सदस्य सिल्भाले लगभग ७३ वर्षको जेल सजाय काटिरहेका थिए । तर गत शनिबार उनी जेलबाट भाग्नको लागि आफ्नी छोरीको रुप धारण गरेका थिए।
शनिबार सिल्भाकी १९ वर्षकी छोरी उनलाई भेट्न जेलमा आएकी थिइन् । यही दौरान सिलभाले सिलिकनको गर्ल मास्क लगाए । कपालमा विग पनि लगाए । उनी जेलमा छोरीलाई छोडेर फरार हुनेवाला थिए तर एक गल्तीका कारण उनी पुनः पक्राउ पक्राउ परेका थिए ।
सिल्भा पूर्णरुपमा युवतीजस्तै देखिएका थिए । जेलबाट बाहिर निस्किएपछि उनी सबैतिरबाट युवती देखिन्थे तर पुरुषजस्तै हिँडिरहेका कारण पुनः पक्राउ गरेर प्रहरीले मिडियाका अगाडी केही समय राखेर उनको रुपको खुलासा गरेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment