जेलबाट भाग्न छोरीको रुप धारण गरेका गुण्डानाइकेको मृत्यु

डिसी नेपाल
२२ साउन २०७६ ९:३५

रियो द जेनेरियो। ब्राजिलको रियो द जेनेरियोमा जेलबाट भाग्नको लागि आफ्नी छोरीको रुप धारण गर्ने गुण्डानाइकेको मृत्यु भएको छ। ४२ वर्षे क्लाउभिनो दा सिल्भालाई मंगलबार बिहान जेल भित्र मृत अवस्थामा भेटिएको द गार्जियनले जनाएको छ।

उनले आफैंले जीवन अन्त्य गरेको हुनसक्ने आशंका गरिएको छ । ब्राजिलको रेड कमान्ड ड्रग फ्याक्सनका सदस्य सिल्भाले लगभग ७३ वर्षको जेल सजाय काटिरहेका थिए । तर गत शनिबार उनी जेलबाट भाग्नको लागि आफ्नी छोरीको रुप धारण गरेका थिए।

शनिबार सिल्भाकी १९ वर्षकी छोरी उनलाई भेट्न जेलमा आएकी थिइन् । यही दौरान सिलभाले सिलिकनको गर्ल मास्क लगाए । कपालमा विग पनि लगाए । उनी जेलमा छोरीलाई छोडेर फरार हुनेवाला थिए तर एक गल्तीका कारण उनी पुनः पक्राउ पक्राउ परेका थिए ।

सिल्भा पूर्णरुपमा युवतीजस्तै देखिएका थिए । जेलबाट बाहिर निस्किएपछि उनी सबैतिरबाट युवती देखिन्थे तर पुरुषजस्तै हिँडिरहेका कारण पुनः पक्राउ गरेर प्रहरीले मिडियाका अगाडी केही समय राखेर उनको रुपको खुलासा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *