इमरान खानले भने – ‘भारतसँग रगतको अन्तिम थोपा रहँदासम्म लड्नेछौं’

डिसी नेपाल
२२ साउन २०७६ १०:३९

काठमाडौं। भारतले जम्मु कश्मिरबाट धारा ३७० हटाएपछि पाकिस्तानमा ठूलो संख्यामा सांसदहरु भारतको सांकेतिक विरोधस्वरुप हातमा कालो पट्टी बाँधेर संसद बैठकमा पुगे । प्रधानमन्त्री इमरान खानले भने ‘मोदी सरकारले आफ्नो देश र अन्तर्राष्ट्रिय नियमको उल्लंघन गर्यो । कश्मिरमा जे पनि गरियो यो नश्लवादी विचारधाराबाट प्रेरित थियो । यदि युद्ध भयो भने हामी रगतको अन्तिम थोपा रहँदासम्म लड्नेछौं ।

इमरानले अगाडि भने ‘मलाई लाग्छ कि भारत कश्मिरीहरुलाई मेटाउन चाहन्छ । उसले कश्मिरमा नश्लीय रुपमा मुसलमानहरुको सफाया गर्न सक्छ । स्थिति देख्दा लाग्छ फेरि पुलावामा जस्तो घटना हुन सक्छ । त्यपछि उनीहरुले ममाथि आरोप लगाउनेछन् र एयर स्ट्राइक गर्नेछन् । हामी फेरि यसको जवाफ दिनेछौं । त्यसपछि युद्ध हुनेछ । हामी रगतको अन्तिम थोपा रहँदासम्म युद्ध लड्नेछौं ।’

उनले भने ‘जब हामीले सत्ता सम्हाल्यौं त्यतिबेला हाम्रो मुख्य उद्देश्य देशबाट गरिबी हटाउनु थियो । त्यसैले बैभन्दा पहिले हामीले छिमेकीसँग सम्बन्ध सुधार गर्न चाह्यौं । जब हामीले भारतसँग कुरा गर्यौं उनीहरुले पाकिस्तानमा आतंकवादी घटना हुनुलाई लिएर चिन्ता जनाए । मैले नरेन्द्र मोदीसँग भनेको थिएँ – हामी आतंकवादको लागि पाकिस्तानको धर्ती प्रयोग हुन दिन्नौं ।’

इमरानले थपे ‘हामीले भारततर्फ छलफललाई लिएर गम्भीरता देखेनौं । जब मलाई यो विश्वास भयो त्यसपछि मैले छलफलको प्रस्ताव गर्न बन्द गरिदिएँ । पुलावामाको घटना भयो । हाम्रा वायुसेनाका जवानहरुले राम्रो जवाफ दिए । उनीहरुका पाइलट खसालिदिए । उनलाई तत्काल फिर्ता पनि दियौं । हामीले यो सन्देश दियौं कि हामी युद्ध चाहँदैनौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *