स्कुलले ५ कक्षाका छात्रको प्रमाणपत्रमा लेखिदियो ‘चरित्रहीन’, के भन्छन् प्रधानाध्यापक ?

डिसी नेपाल
२२ साउन २०७६ ११:०३

काठमाडौं। एउटा स्कुलबाट अर्को स्कुल जाने बेला चाहिने स्थानान्तरण प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रमा विद्यार्थीको स्कुलमा रहँदाको व्यवहार लेखिएको हुन्छ । हामीले अहिलेसम्म यस्ता प्रमाणपत्रमा विद्यार्थीको बारेमा प्रशंशनीय, असल, मध्यम वा औसत लेखेको देखेका छौं तर एक कुलले ५ कक्षाका छात्राको टिसी (ट्रान्सफर सर्टिफिकेट)मा चरित्रहीन लेखिदियो ।

दैनिक भास्करको समाचार अनुसार घटना उत्तर प्रदेशको गोंगा जिल्लाको एक सरकारी विद्यालयको हो । यहाँ ५ कक्षामा पढ्ने एक छात्रको टिसीमा चरित्रहीन लेखियो । बालककी आमाले यसबारे पुलिस र आधारभूत शिक्षा अधिकारीलाई यसबारे उजुरी दिएकी छिन् । जिल्ला मजिस्ट्रेट नितिन बंसलले शिक्षा विभागले घटनाको जाँच गरिरहेको बताएका छन् ।

९ वर्षका यी बालक करनैलगंजको परिषदीय विद्यालयमा ५ कक्षामा पढ्छन् । छात्र ३१ जुलाइमा स्कुल गएका थिए । स्कुलमा कबड्डी खेल्ने क्रममा यी छात्र अर्का उक छात्रले धक्का दिएपछि लडे । तर शिक्षकलाई लाग्यो कि यी छात्रले बदमासी गरेका छन् । त्यपछि शिक्षकले छात्रलाई कुटे । विदा भएर घर पुगेपछि छात्रले आमालाई सबै कुरा बताए । भोलिपल्ट आमा शिक्षकको उजुरी लिएर स्कुल पुगिन् ।

आमाले स्कुल गएर ती शिक्षकसँग कुट्नुको कारण सोध्दा उल्टै आमामाथि अभद्र व्यवहार गरिएको बताइएको छ । त्यपछि महिलाले यसको उजुरी स्कुलका प्रधानाध्यापकसँग गरिन् । तर, प्रधानाध्यापकले समेत शिक्षकको पक्ष लिए । त्यसपछि आमाले बालकलाई त्यो स्कुलबाट निकालेर अर्कै स्कुल लैजाने भन्दै बालकको टिसी मागिन् । स्कुलले बालकको टिसी बनायो र आमालाई दिइयो । तर, स्कुलले टिसीमा बालकलाई चरित्रहीन लेखिदियो ।

आरोपी शिक्षकले भने बालकलाई कुटेको आरोप अस्वीकार गरेका छन् । उनले भनेअनुसार गल्ती गरेपछि गाली मात्र गरेका थिए । प्रधानाध्यापकका अनुसार बालकका मातापिता टिसी कुनै हालतमा लिने अडानमा थिए । त्यसपछि उनले टिसी बनाएर बालकको जतो चरित्र छ त्यस्तै लेखिदिए । बालककी आमाले यसको पुलिसमा उजुरी गरिन् । पुलिसले शिक्षा अधिकारीलाई यसको जाँचको जिम्मा दिएको र रिपोर्ट आएपछि कारवाही गरिने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *