सरकारको कदम ‘कार्यकारी शक्तिको दुरूपयोग’: राहुल गान्धी

डिसी नेपाल
२२ साउन २०७६ ११:११

नयाँ दिल्ली । भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले सरकारको सोमबारको निर्णयलाई सरकारको ‘कार्यकारी शक्तिको दुरूपयोग’ बताएका छन् ।

भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भारत सरकारले गरेको जम्मु–कश्मीरका नेताहरुको गिरफ्तारी असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका छन् । उनले सरकारको यस कदमलाई मूर्खतापूर्ण कदम भएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नेता गान्धीले सरकारले लिएको पछिल्लो कदमले आतङ्कवादलाई प्रश्रय दिएको भनेका छन् । गान्धीले भनेका छन्, ‘आतंकवादीहरुलाई केन्द्र सरकारले किन मौका दिइरहेको छ? सबै नेताहरुलाई तुरुन्त रिहा गर्नुपर्छ ।’

सरकारी निर्णयको प्राय सबै कङ्ग्रेस नेताले विरोध गरेका छन् । उनिहरूले लोकतन्त्रमा जननिर्वाचित प्रतिनिधिलाई विना कुनै कारण पक्राउ गर्नु केन्द्र सरकारको गैरजिम्मेवारीपन भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *