स्कुल बस खाल्डोमा खस्दा नौ बालबालिकाको मृत्यु

डिसी नेपाल
२२ साउन २०७६ १२:३८

नयाँ दिल्ली । भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको छ। यस्तै उक्त दुर्घटनामा अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई मङ्गलबार जानकारी दिएको छ ।

तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार मंगलबार बिहान ७ः३० बजे सो घटना भएको थियो । एन्गेल पब्लिक स्कुलको घाइते भएका विद्यार्थीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइते भएका बालबालिकालाई हेलिकोप्टरबाट सो राज्यको क्रृषिकेश शहरमा ल्याइएको थियो।

बस खाल्डोमा खसेर घाइते भएका ती बालबालिकालाई राज्यको प्रकोप व्यवस्थापन निकायले उद्धार गरी स्थानीय अस्पताल पु¥याएको थियो ।उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले यस घटनाप्रति गहिरो दुख व्यक्त गर्नु हुदै यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *