भानुआटुमा शक्तिशाली भूकम्प

डिसी नेपाल
२२ साउन २०७६ १२:५२

काठमाडौँ । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो।

यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो।

यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक संपत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन्। भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना जारी गरिएको छैन्। भानुआटुमा भूकम्प र ज्वालामूखि जस्ता पाकृतिक प्रकोपले बारम्बार सताएको पाइन्छ। रासस एएनआइ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *