को हुन् सुषमा स्वराजकी एक्ली छोरी ? के काम गर्छिन् जसका कारण विवादमा समेत परिन् ?

डिसी नेपाल
२२ साउन २०७६ १४:०९

काठमाडौं। भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको गएराती ६७ वर्षको उमेरमा निधन भयो । सुषमाले न् १९७५ मा सर्वोच्च अदालतका बरिष्ठ वकिल स्वराज कौशलसँग बिहे गरेकी थिइन् । स्वराज कौशल ३ वर्षसम्म मिजोरमका गभर्नर पनि रहे । सुषमाकी एक छोरी छन् जसको नाम बाँसुरी कौशल हो । बाँसुरी सुषमाकी एकमात्र सन्तान हुन् ।

बाँसुरीले अक्सफोर्ड विश्वविद्यालयबाट ग्रयाजुएशन गरेकी छिन् । इनर टेम्पलबाट कानुनमा बेरिस्टर डिग्री लिएपछि आफ्ना पिताजतै क्रिमिनल वकिलको रुपमा काम गरिरहेकी छिन् । बाँसुरी कौशल दिल्ली हाइकोर्ट र भारतको सर्वोच्च अदालतमा क्रिमिनल वकिल छिन् । बाँसुरीले मिडियाको ध्यान त्यतिबेला आकर्षित गरेकी थिइन् जतिबेला यो खुलासा भएको थियो कि सुषमा स्वराजकी छोरी बाँसुरी आइपिएलका पूर्व कमिश्नर ललित मोदीको कानुनी टिममा थिइन् ।

त्यतिबेला ललित मोदीले एक ट्वीट गरेर आफ्नो कानुनी टिमलाई बधाइ दिएका थिए । कानुनी टिमका जुन सदयको नाम ललित मोदीले त्यो ट्वीटमा उल्लेख गरेका थिए त्यसमा सुषमाकी छोरी बाँसुरी समेत ८ वकिल थिए । त्यतिबेला खुलासा भएको थियो कि सुषमाकी छोरी ललित मोदीलाई सहयोग गरिरहेकी छिन् । २७ अगष्ट २०१४ मा हाइकोर्टले ललित मोदीको पासपोर्ट बहाल गरिदिएको थियो । त्यसपछि ललित मोदीले आफ्नो कानुनी टिमलाई बधाइ दिएका थिए । त्यतिबेला भाजपाले बाँसुरीको बचाउ गर्दै सुषमा स्वराजकी छोरीको आफ्नो पेशा छ र उनी आफ्नो कामको लागि स्वतन्त्र छिन् भनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *