संसद बैठकमा इमरान खानले सांसदहरुलाई सोधे – ‘भारतलाई हान्दिउँ ?’

डिसी नेपाल
२२ साउन २०७६ १५:४९

काठमाडौं। भारत सरकारले जम्मु र कश्मिरलाई केन्द्र शासित प्रदेश बनाएको छ । यसको पाकिस्तानमा विरोध भइरहेको छ । भारतको फैसलालगत्तै यस विषयमा आफ्नो रणनीति तय गर्न पाकिस्तानले संसदको संयुक्त सत्र बोलायो । बैठकमा विपक्षी सांसदहरुको प्रश्नको जवाफ दिँदै गर्दा एकपटक प्रधानमन्त्री इमरान खानले आफ्नो नियन्त्रण गुमाए ।

विपक्षी नेता शाहबाज शरीफको प्रश्नको जवाफमा उनले उल्टै विपक्षीसँग सल्लाह माग्दै भने ‘तपाइँ नै भन्नुस् कि कश्मिरमा भारतीय निर्णयको जवाफमा हामीले कस्तो कदम उठाउनुपर्छ ? आखिर मैले कुन कदम उठाएको छैन ? हाम्रो विदेश मन्त्रालय तमाम देशका राजदूतहरुसँग बैठक गरिरहेको छ । मैले अन्य देशहरुँग सम्पर्क गरिरहेको छु । अन्तर्राष्ट्रिय मञ्चबाट पनि सहयोग मागिरहेका छौं । शरीफले नै बताउनुहोस् अब मैले के गर्नुपर्छ ?’

इमरानले अगाडि भने ‘हामीले संयुक्त राष्ट्रसंघलाई पनि भनेका छौं । हामीले इस्लामिक सहयोग संगठनसँग पनि कुरा गरेका छौं । कुन चीज छ जुन मैले गरेको छैन । हामी के भारतमाथि आक्रमण गरिदिउँ ?’ इमरानका अनुसार उनको सरकार छिमेकीसँग राम्रो सम्बन्ध चाहन्छ त्यसैले अफगानिस्तान, भारत र इरानँग संवाद गर्ने कोसिस गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *