काँग्रेस ट्रेड यूनियन खारेजको विरुद्धमा

डिसी नेपाल
२२ साउन २०७६ १८:२०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आधिकारिक ट्रेड यूनियन खारेज गर्न नहुने बताएको छ । काँग्रेस संसदीय दलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निजामती कर्मचारीहरुको आधिकारित ट्रेड युनियन खारेज अस्वीकार्य हुने बताएको छ ।

निजामति कर्मचारीबारे विधेयकमा हाल संसदको राज्यव्यवस्था समितिमा छलफल भइरहेको छ । छलफलका क्रममा समितिका केही सदस्य सांसदहरुले आधिकारिक ट्रेड यूनियन खारेज हुनुपर्ने धारणा राखेका थिए । तर, यो विषयमा सहमति भने भएको छैन । समितिका सदस्यहरुबीच नै यो विषयमा मत बाझिएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ति जारी गर्दै निजमति कर्मचारीको ट्रेड युनियन खारेज गर्नु दुःखद हुने भन्दै कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ट्रेड युनियन खारेजीको धारणा नेपाली कांग्रेसलाई स्वीकार्य छैन । ट्रेड युनियन खारेज सम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सरकार र सम्बन्धित पक्षलाई नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *