आमिर खानकी छोरी इराको क्रेजी अवतार, भाइरल भयो तस्वीर

डिसी नेपाल
२२ साउन २०७६ २०:५१

मुम्बई । भारतीय चलचित्र उद्योग बलिउडका सुपर स्टार आमिर खानकी छोरी इरा खान क्रेजी फोटोशूट्सका कारण चर्चामा आइरहन्छिन्। कुनै प्रोग्रेसिभ लिबरल मिलेनियलको जस्तै इरा आफ्नो फेशन सेन्स, म्यूजिक भिडियोज र फोटोशूट्सका माध्यमबाट चर्चा हासिल गरिरहेकी छन्।

हालै उनले आफ्नो एक तस्वीर शेयर गरेकी छन्। तस्वीर पारम्पारिक शूटभन्दा निकै फरक छ। इराले हालै एक पटक फेरि क्रेजी तस्वीर शेयर गरेकी छन्। सो तस्वीरमा आफ्नो लुक्स र ड्रेसअपका कारण उनी चर्चित भएकी छन्।

स्मरण रहोस इरा आफ्नो तस्वीरसँगै केही रोचक पोस्ट पनि शेयर गर्दै आएकी छन्। केही समय पहिला इराले आफ्नो इंस्टाग्राममा ‘को हौ तिम’ लेखेर एक पोस्ट शेयर गरेकी थिइन्। उनले लेखेकी थिइन्, ‘मसँग यसको जवाफ छैन, तर जिन्दगीको केही भागमा मलाई यस प्रश्नले निकै खुशी लाग्यो । वा फेरि सायद यस कारण खुशी भएँकी मैले यस प्रश्नको जवाफ हालसम्म खोजेको छैन ।’

उनले थपेकी छन्, ‘त्यो पल रोमाञ्चक हुन्छ, जब तपाइलाई महशुस हुन्की तपाई निर्णय गर्न सक्नुहुन्छ की तपाई के बन्न चाहनुहुन्छ र कति कुरा बनाउन चाहनुहुन्छ । र यो पनि की केही पनि वस्तु तपाइलाई परिभाषित गर्न सक्दैनकी तपाई को हुनुहुन्छ । यस तस्वीरमा नयाँ वस्तु खोज्ने मेरो हतियार फेशन हो । तर यतिमात्र पनि …. यस आइडियाको खोज गर्न मसँग धेरै विकल्प मध्ये एक हो।’

गएको वर्ष कफि विद करण शो मा आमिरले छोरी इरा र छोरा जुनैद दुबै बलिउडतर्फ झुकाव राख्ने बताएका थिए । तर, यसका लागि उनका छोराछोरी योग्य हुनुपर्ने उनले बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *