सानो सफलता प्राप्त भएपछि आफ्नो कर्तव्य बिर्सिनु ठूलो भुल हो
काठमाडौं। केही मानिसहरु सानो सफलता प्राप्त भएपछि आफ्नो सबै कर्तव्य बिर्सिन्छन्। र, यो सबैभन्दा ठूलो भुल हो। त्यस्ता मानिसले के बुझ्नुपर्छ भने उनीहरुले राम्रोसँगले कर्तव्य निर्वाह गरेकै कारण सफलता मिलेको हो।
रामचरितमानसका अनुसार सीताको खोजी गर्दै राम र लक्ष्मणको भेट हनुमानसँग भयो। हनुमानले राम र लक्ष्मणलाई सुग्रीवसँग भेट गराए। सुग्रीवलाई उनका दाजु बालीले आफ्नो राज्यबाट निकालेका थिए। त्यतिमात्रै होइन, बालीले सुग्रीवकी श्रीमती रोमालाई पनि आफूसँगै राखेका थिए।
रामले सुग्रीवलाई सहयोग गर्ने वचन दिए। पछि रामले बालीको बध गरेर सुग्रीवलाई किष्किंधाको राजा बनाए। सुग्रीवले वर्षौंपछि आफ्नो राज्य र स्त्री सुख प्राप्त गरे।
राजा बनेपछि सुग्रीव पूरै राज्य भोग र स्त्री सुखमा तल्लीन भए। वर्षा ऋतु पनि सुरु भएको थियो। भगवान राम र लक्ष्मण एक पवर्तमा गुफामा बस्ने गर्थे। वर्षा ऋतु सकियो। आकाश सफा हुन थाल्यो।
रामलाई के आशा थियो भने सुग्रीव आउँछन् अनि सीताको खोजी सुरु हुन्छ। तर सुग्रीव भने राज्य भोग र स्त्री सुखमा चुर्लुम्म डुबेका थिए। उनले भगवान रामसँग गरेको वाचा बिर्सिएका थिए। धेरै दिन भएपछि रामले लक्ष्मणलाई सुग्रीवलाई भेट्न पठाए।
लक्ष्मण सुग्रीवमाथि रिसले खनिए, तब सुग्रीवलाई आफूले रामसँग गरेको वाचाको सम्झना भयो।
सुग्रीवले आफ्नो वचन भुल्ने र विलासितामा लिन भएका कारण लज्जित हुनुपर्यो। उनले माफी पनि माग्नु पर्यो। त्यसपछि सीताको खोजी सुरु भयो।
यो प्रसंगबाट के शिक्षा पाइन्छ भने सफलतापछि यदि हामी कतै बस्छौं भने सहीबाटो बाट भड्किने डर धेरै हुन्छ। कहिल्यै पनि स–सानो सफलतालाई आफूमाथि हाबी हुन दिनु हुँदैन। यदि हामी सानो सफलताका अल्झिएर बस्यौं भने ठूलो लक्ष्य हासिल गर्न सक्दैनौं।
No ads found for this position

डिसी नेपाल
Facebook Comment