भारतसँग पाकिस्तान आक्रामक, पाकिस्तानले उठायो यस्तो कदम

डिसी नेपाल
२३ साउन २०७६ ९:०३

काठमाडौं। भारतले जम्मू कश्मिरबाट धारा ३७० खारेज गरेपछि आक्रोशित बनेको पाकिस्तानले फेरि आफ्नो एयरस्पेस भारतकालागि बन्द गरेको छ। पाकिस्तानले बुधबार राति एयरस्पेसको एउटा करिडोर बन्द गरेको हो।

जसका कारण अमेरिका, युरोप र मध्यपूर्व जाने सबै भारतीय विमानलाई अतिरिक्त १२ मिनेट लाग्ने भारतीय संचारमाध्यमले जनाएका छन्।
एयर इण्डियका प्रवक्तका अनुसार एक करिडोर (पाकिस्तान एयरस्पेस) बन्द हुँदा फइट्सलाई डाइभर्ट गरिएको छ। जसबाट १२ मिनेट अतिरिक्त समय लाग्छ। तर यसको धेरै असर पर्दैन। अहिले पाकिस्तानको एयरस्पेसबाट प्रतिनिदिन करिव ५० फ्लाइट संचालित छन्।

पाकिस्तानले बुधबार नै भारतसँगको द्विपक्षीय व्यापार खारेज गर्ने निर्र्णय गरेको थियो। पाकिस्तानले भारतीय उच्चयुक्त अजय बिसारियालाई फिर्ता पठाउने निर्णय गरेको छ।

यसैबीच ट्रम्प प्रशासननले भारतले कश्रिमा लिएको निर्णयका विषयमा आफूलाई कुनै जानकारी नदिएको जनाएकोछ।
राष्ट्रिय सुरक्षा समिति (एनएससी) ले भनेको छ–पाकिस्तान भारतको यो कदमनको निन्दा गर्छ। भारतको यो निर्णयले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिमा नराम्रो असर पर्छ।

उक्त बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ।  भारतसँगको राजनीतिक सम्बन्ध कम गर्ने, द्विपक्षीय व्यापारिक सम्बन्ध अन्त्य गर्ने, कश्मिरको विषय सयुक्त राष्ट्रसंघमा लैजाने र १५ अगस्तलाई कालो दिवश बनाउने निर्णय गरेको छ।

पाकिस्तानले यसअघि पनि बालाकोट एयरस्ट्राइकको अघिल्लो दिन २७ फेब्रुअरीमा आफ्नो एयरस्पेस बन्द गरेको थियो। बन्द गरेको १३९ दिनपछि १८ जुलाईमा फेरि खुला गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *