टिकटक भिडियो बनाउन चार छात्रले पुलबाट नदीमा हाम फाले, तीन जना डुबे, दुईको शव बरामद

डिसी नेपाल
२३ साउन २०७६ १०:३७

एजेन्सी । टिकटक भिडियो बनाउन चार छात्रले बूढी गण्डक नदीमा हाम फालेका छन्। हाम फालेको चार छात्रमध्ये तीन जना नदीमा डुबे भने एक जना बाहिर निस्कन सफल भए। डुबेका तीन छात्रमध्ये दुईजनाको शव फेला परेको छ भने एक अझै वेपत्ता रहेका छन्।

यो घटना भारतको बिहारको भएको भारतीय संचारमाध्यम दैनिक भास्करले जनाएको छ। भास्करको अनुसार विहारको अहियापुर भन्ने ठाउँमा रहेको पुलबाट बुधबार चार छात्रले टिकटक भिडियो बनाउनको लागि बुढी गण्डक नदीमा हाम फाले। यसरी हाम फाल्नेहरुको नाम आकाश, प्रिंस, पीयूष र आयूष्मान रहेका छन्।

यी मध्ये आकाश नामका छात्र बाहिर निस्के। प्रिंस र पीयूषको शव भेटियो भने आयुष्मान नामक छात्रको खोजि भइरहेको छ। सबै छात्रको उमेर १५ र १६ वर्षको बिच रहेको छ र उनीहरु कक्षा दशमा पढ्ने गर्थे। पुलिसले उक्त स्थानबाट जफत गरको मोबाइलमा टिकटक भिडियो भेटिएको छ।

बुधबार सबै छात्रहरु स्कुल जानभन्दै बिहान ८ बजे घरबाट निस्किएका थिए। तर उनीहरु स्कल नगई टिकटक भिडियो बनाउन रेल पुलमा गए। नदीमा हाम फाल्न भन्दा पहिला उनीहरुले नशा सेवन गरेको पुलिसले अनुमान गरको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *