साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद
एजेन्सी । बाहुबली अभिनेता प्रभास र श्रद्धा कपुर अभिनित फिल्म साहो अगस्ट ३० मा प्रदर्शन हुँदैछ। दर्शकहरू सिनेमाको व्यग्र प्रतिक्षा गरिहेका छन्। सिनेमाका रिलिज भएका पोस्टर, टिजर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ।
यसअघि १५ अगस्टमा रिलिज हुने बताइएको भएपनि प्राविधिक काम नसकिएको भन्दै सिनेमा ३० अगस्टको नयाँ मितिमा सरेको थियो। यस्तोमा सोहि मितिलाई रिलिज मिति घोषणा गरेका सिनेमाले आफ्नो रिलिज मिति पर सारेका छन्।
यसरी आफ्नो सिनेमाको लागि रिलिज सारेर सहयोग गर्ने निर्माता–निर्देशकलाई अभिनेता प्रभासले धन्यवाद दिएका छन्। सो मितिमा साहोकी अभिनेत्री श्रद्धा कपुर अभिनित अर्को फिल्म छिछोरेु पनि रिलिज हुनेवाला थियो तर अब उक्त सिनेमाको रिलिजलाई सेप्टेम्बर ६ मा पुर्याएका छन्।
यस्तै सोही मितिमा रिलिज हुने भनिएको राजकुमार राव तथा मौनी राव स्टारर मेड इन चाइनाले पनि आफ्नो रिलिज सारेको छ। साहो करिब ३०० करोड भारूमा तयार भएको सिनेमा हो। सिनेमा एकसाथ तमिल, तेलेगु तथा हिन्दी भाषामा रिलिज हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment