निदाएको बेला सुन्तर तस्वीर बनाउने यी व्यक्ति

डिसी नेपाल
२३ साउन २०७६ १३:२६

बीबीसी। धेरै मानिसलाई निन्द्रामा हिँड्ने वा कुरा गर्ने बिमारी हुन्छ। तर एक जना यस्ता व्यक्ति थिए, जो निन्द्रामा तस्वीर बनाउँछन्। उनको नाम ली ह्याडविन हो।

उनी बेलायतको वेल्श सुबेको कार्डिफ शहरमा बस्छन्। ली ह्याडविन जब चार वर्षका थिए, तब उनले भित्तामा चित्र बनाउन सुरु गरेका थिए।
अब तपाइँलाई मनमा कुन बच्चाले यो उमेरमा भित्ता रंग्याउँदैन होला भन्ने लाग्न सक्छ। अन्य बच्चा र ली मा के फरक थियो भने उनी निदाएको बेला तस्वीर बनाउँथे। जसै उनी ठूला हुँदै गए निदाएको बेला तस्वीर बनाउने उनको कलामा झन निखार आउन थाल्यो।

जब उनी १५ वर्षका थिए, उनले हलिउड अभिनेत्री मार्लिन मुनरोको तीन पोट्रेट बनाएका थिए। तर उनलाई आज त्यो घटना सम्झना छैन। अझ रमाइलो त के भने निदाएको बेला राम्रो चित्र बनाउने ली ह्याडविन जागेको बेला चित्र बनाउन सक्दैनन्।

ली को अचम्मको कलाका बारेमा कार्डिफ युनिभर्सिटीकी पेनी लुइसले रिसर्च गरेकी छन्। उनका अनुसार निदाएको बेला चित्र बनाउनु उनको आधी निदाउनु र आधा जागैै भएको मस्तिष्कका कारण हो।

पेनी लुइसका अनुसार जो निन्द्रामा कोल्टे फेर्छन्, कुरा गर्छन् वा हिँड्छन्। त्यो सबै हाम्रो दिमागको उथल–पुथलको नतिजा हो। यो निकै सामान्य घटना हो।

तर, ली ह्याडविनको विषय भने यो भन्दा पनि अगाडि गयो। उनी रङ, ब्रश र हड्डीले पनि चित्र बनाउन थाल्छन्। यो सामान्य घटना हुन्थ्यो, यदि उनी जागैमा यसो गरेका भए।

पेनी लुइसका अनुसार ली को दिमागको बनावट र काम गर्ने तरिका दुवै निकै पेचिलो छ। उनी यो विषयलाई बुझ्ने कोशिश गरिरहेकी छन्। जब हामी सुतिरहेका हुन्छौं हामी के मान्छौं भने हामीसँगै हाम्रो आत्मा पनि सुतिरहेको हुन्छ। तर हाम्रो दिमागको एक भाग त्यो बेला पनि सक्रिय हुन्छ।

त्यो दिमागले जागै भएको बेलाको कामको अभ्यास गर्छ। नयाँ कुरा र कला सिकाउँछ। हाम्रो मस्तिष्कसँग यति धेरै काम हुन्छ की उसँग सुत्ने फुर्सद नै हुँदैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *