एनआरएनए लक्जेम्बर्गको अध्यक्षमा हरि खत्री

डिसी नेपाल
२३ साउन २०७६ १४:२१

काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए/ एनसीसी) लक्जेम्बर्गको नेतृत्वको जिम्मेवारी हरि खत्रीको काँधमा परेको छ ।

बुधबार सम्पन्न भएको संघको पाँचौ राष्ट्रिय अधिवेशनले  सर्वसम्मत रुपमा खत्रीलाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनबाट आईसीसी सदस्यमा बालकृष्ण सापकोटा निर्वाचित भएका छन् ।

निर्वाचित समितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष विमल बाबु उपाध्याय, महिला उपाध्यक्ष शकुन्तला भट्टराई, महासचिव यम बहादुर खत्री, सचिव विश्वजित बहादुर थापा, कोषध्यक्ष युद्ध बहादुर थापा, सहकोषाध्यक्ष नारायण प्रसाद दवाडी छन् ।

त्यसैगरी महिला संयोजकमा दुर्गा केसी थापा, युवा संयोजकमा नवजेत निउर, प्रवक्तामा बलहरी राई चयन भएका छन्।

निर्वाचित कार्यसमितिका सदस्यहरूमा बिष्णु खत्री, चाँगुनाराण सापकोटा, हिमाल सापकोटा, झलक महत, मन्जु गोले गुरुङ, प्रेम गोले, सरस्वती थापा र यम बहादुर थापा रहेका छन् ।

अधिवेशन समारोहमा नेपाली राजदूतावासबाट उपनियोग प्रमुख सुधीर भट्टराई, संघका उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, सचिव जानकी गुरुङ, युरोप  क्षेत्रीय संयोजक शिवकुमार बरुवाल लगायतका अतिथिहरूको सहभागिता  थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *