वर्षौं देखि रगत भनिएको चिज पानी निस्किएपछि…
काठमाडौं। विश्वमा यस्ता अनेकौं चीज छन् जो शताब्दीऔं देखि रहस्यमा नै छन्। अन्टार्कटिका एउटा यस्तो महाद्वीप हो जो पूरै बरफले घेरिएको छ। त्यहाँका तापक्रम सधैं माइनसमा हुन्छ। त्यसो त अन्टार्कटिकामा धेरै हिम नदी छन्, तर एउटा यस्तो रहस्यमय हिम नदी छ जहाँबाट रातो रङको पानी बग्छ।
यो हिम नदीको नाम टेलर हिम नदी हो। यो बिचित्रको हिम नदी हो। यसलाई ब्लड फल्स पनि भनिन्छ। यो विगत १०६ वर्षदेखि रहस्यमय बन्दै आएको छ। तर वैज्ञानिकहरुले हिम नदीबाट बग्ने रातो पानीका विषयमा खोज गरेका छन्।
अमेरिकाको कोलोराडो कलेजका पूर्व स्तानक छात्र जेसिका बाडगेलेय, युनिभर्सिटी अफ अलास्काका हिम नदी वैज्ञानिक एरिन पेटिट र उनको शोधकर्ता टीमले मिलेर हिम नदीको पानी रातो हुनुको कारण पत्ता लगाएका छन्।
उनीहरुले शोधका लागि रोडियो इको साउनिङ राडारको प्रयोग गरेका थिए। उनीहरुले पत्ता लगाए अनुसार यो रातो पानी ठूलो तालबाट झरिरहेको छ। जुन ताल कयौं वर्षदेखि गो हिम नदीको तल दबिएर रहेको छ।
शोधकर्ताका अनुसार पानी जसै फ्रीज हुन्छ, अनि उसले गर्मी छोड्दै जान्छ। यो गर्मीले बरफलाई चारैतर्फबाट गरम बनाउँछ। यही प्रक्रियाका कारण यो रासायनिक क्रिया हुँदै आएको छ। यही कारण हिम नदीबाट वर्षौंदेखि रातो पानी निस्किँदै आएको छ। यसको अनुसन्धान २०१७ मा गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment