छायाँनाथ धामको तीर्थयात्रा शुरु (फोटो फिचर)

डिसी नेपाल
२३ साउन २०७६ १६:४१
8
Shares

मुगु । विश्वका चारधाम भित्रपर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ।

बिहिबार छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ति पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो।

हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुरकाे मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिएसंगै छायाँनाथ धाम तीर्थ यात्र शुरु भएको जानकारहरु बताउँछन्।

बिहिबार लगिएको शिवजीको मूर्ति जनै पूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुलगायत, जुम्ला हुम्ला कालिकोट डोल्पा दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटीलगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन्।

जनै पूर्णिमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी भीम प्रसाद चौलागाईंले बताए।

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेविको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रुपमा पुज्न थालिएको पुजारीको भनाई छ।

उक्त छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन्।

विश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ विश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ। आज प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि दिनमा फर्किने गर्दछ । यसैबीच, भोली नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनि छायाँनाथ मन्दिरमा रहेको अर्को मुर्ति लिएर तीर्थालुहरु जाने भएका छन्। त्यहाँ पनि मुगुलगायत जिल्ला बाहिरका तीर्थालु दर्शन गरी आउने गर्दछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *