स्विमिङ पुलमुनिबाट बरामद गरियो ३०३ किलो सुन, चेकजाँचपछि उड्यो होस्

डिसी नेपाल
२३ साउन २०७६ १६:४६

एजेन्सी। भारतमा पोंजी घोटलाका मुख्य आरोपित मंसूर खान नामक व्यक्तिले स्विमिङ पुलमुनि भारी मात्रामा लुकाइरहेको सुन बरामद गरिएको छ।

भारतीय संचारमाध्यम पत्रिकामा प्रकाशन गरिएको समाचारमा उल्लेख भएअनुसार ती व्यक्तिले एक भवनमा निर्माण गरिएको स्विमिङ पुलमुनि ३०३ किलो सुन लुकाएका थिए।

हजारौं मानिसँग करोडौं ठगी गर्ने आईएमएका संस्थापक मंसूरले पुलको मुनि ५, ८८० सुनको विस्कुटको रुपमा त्यतिका धेरै सुन लुकाएका हुन्।

भारतको कर्नाटकस्थित बेंगलुरुमा उक्त घट्ना घटेको हो। तर पछि चेकजाँच गर्नेक्रममा सबैलाई चकित पार्ने तथ्य खुलासा भएको छ।
वास्तवमा त्यति धेरै सुनका बिस्कुट सक्कली नभएर नक्कली भएको जनाइएको छ।

आखिर ३०३ किलो नक्कली सुनलाई लिएर के गर्न खोजेका थिए रु भने प्रश्नले घट्नाको चेकजाँचमा संलग्न सरकारी अधिकारीहरु पनि अचम्ममा परेका छन्।

मंसूर खानलाई दिल्ली प्रहरीले नयाँ दिल्ली एयरपोर्टबाट पक्राउ गरिएको जनाइएको छ भने उनी माथि ३० हजार मानिसले ठगीको आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *