अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार

डिसी नेपाल
२३ साउन २०७६ १७:००

दमास्कस। अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

सिरिया सरकारद्वारा सञ्चालित सञ्चार माध्यम सानाका अनुसार विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा संयुक्तराज्य अमेरिका र टर्कीले आफैँ शक्तिराष्ट्रको रुपमा चिन्हाएको र बुधबार भएको सम्झौताले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय बडापत्रको स्पष्ट उल्लङ्घन भएको बताएको छ।

विज्ञप्तिमा अमेरिका र टर्कीको यस सम्झौताले खतरा बढाउने तथा विश्वमा शान्ति र स्थिरतालाई खतरामा पार्नेलगायत सिरियाली द्वन्द्वबाट मुक्त हुन सम्पूर्ण प्रयासलाई कमजोर पार्ने उल्लेख छ।

यो सम्झौताले सिरिया विरुद्धको आक्रमणमा अमेरिका र टर्कीको साझेदारी उजागार गरेको उल्लेख गरिएको छ।(रासस/सिन्ह्वा)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *