भारतद्वारा आफ्नो निर्णय पुनर्विचार गर्न पाकिस्तानसँग अपील
नयाँ दिल्ली (एजेन्सी) । भारतले पाकिस्तानसँग आफ्नो निर्णय पुनर्विचार गर्न अपील गरेको छ । पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्ध सिमित गर्ने निर्णय गरेपछि भारतले सो निर्णयबारे पुनर्विचार गर्न अनुरोध गरेको हो।
भारतीय विदेश मन्त्रालयले बिहीबार पाकिस्तानसँग यस्तो अपील गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तानले कश्मीर मामिलामा भारतले चालेको विवादास्पद कदमपछि भारतसँगको कुटनीतिक सम्बन्ध सिमित गर्ने निर्णय गरेको थियो। पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध खारेज गर्दै इस्लामावादस्थित भारतीय राजदूतलाई पनि फिर्ता गरिदिएपछि भारतको प्रतिक्रिया आएको हो।
भारतीय विदेश मन्त्रालयले जम्मू कश्मीरको विकासका लागि आवश्यक कदम चालेको भन्दै पाकिस्तानले भने जस्तो अवस्था नरहेको दावी गरेको छ । उसले दुई देशबीच सामान्य कुटनीतिक सम्बन्ध चलायामन राख्न भन्दै कुटनीतिक सम्बन्ध सिमित नगर्न भनेको हो।
भारतले जम्मू कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गरेपति भारत र पाकिस्तानबीच् सम्बन्धमा चिसोपना बढेको छ ।
No ads found for this position



डिसी नेपाल
Where Can I Buy Alli Weight Loss Pills zoloft Keflex Staphylococcus Furuncle