यी हुन् पाकिस्तानले भारत फिर्ता पठाएका भारतीय कुटनीतिज्ञ

डिसी नेपाल
२३ साउन २०७६ २०:४६

नयाँ दिल्ली (एजेन्सी) । पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्च आयुक्तलाई बुधबार फिर्ता पठाउने निर्णय गरेपछि उनलाई बिहीबार इस्लामावादबाट फिर्ता पठाइएको छ।

इस्लामावादस्थित भारतीय दूतावासका उच्च आयुक्त अजय बिसारिया बिहीबार इस्लामावादबाट भारत रमाना भइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी बाघा–अटारी सीमाबाट भारत पुग्ने जनाईको छ । पाकिस्तानले बुधबार राष्ट्रिय सुरक्षा समितिको बैठकपछि भारतसँगको कुटनीतिक सम्बन्ध सिमित गर्ने निर्णय गर्दै भारतीय कुटनीतिज्ञलाई फिर्ता पठाउने घोषणा गरेको थियो।

भारतले जम्मू कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानले भारतको सो कदमको कडा विरोध जनाएको हो। उसले विरोध स्वरुप भारतसँगको कुटनीतिक सम्बन्धमा कटौतीमात्र गरेर व्यापारिक सम्बन्ध पूर्ण रुपमा तोडेको छ । यतिमात्र होइन भारत र पाकिस्तानबीच क्रस बोर्डर चल्ने रेल सेवा सम्झौता एक्सप्रेसलाई पनि सदाका लागि बन्द गरिदिएको छ ।

भारतसँगको कुटनीति सम्बन्धबारे निर्णय लिन पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा विदेशमन्त्री शाह महमूद कुरेशी, सुरक्षा एजेन्सीका प्रमुखको बैठक भएको थियो। पाकिस्तानी विदेश मन्त्री कुरेशीले ‘हाम्रो राजदूत दिल्लीमा रहने छैनन्, उनका राजदूतलाई पनि फिर्ता पठाउँछौं’ भनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *